पदमुक्त भएका चारजना मन्त्रीको आजै पुनर्नियुक्ति
२७ चैत्र २०७७, शुक्रबार १३:५३
काठमाडौं । सांसद पद गुमाएका ४ जना नेताले आज फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।
माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।
बालुवाटारनिकट स्रोतकाअनुसार उनीहरुको आजै साँझ ५ बजे सपथ हुने भएको छ। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । माओवादी केन्द्रले कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाएको थियो ।
हिजोमात्रै सभामुख अग्नि प्रसाद सापकोटाले पार्टीको सिफारिश बमोजिम चार जना मन्त्रीहरु सांसदबाट पदमुक्त भएको सूचना संसदमा वाचन गरेका थिए । आफूहरुलाई सांसदबाट पदमुक्त गरेपछि चारै जना मन्त्रीहरुले उक्त कदमलाई निरंकुशताको संज्ञा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया