सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्छ, बेसार पानी खानुहोलाः प्रधानमन्त्री ओली
२६ चैत्र २०७७, बिहीबार १६:१४
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्नेबारे सचेत गराएका छन् ।
उनले मास्क लगाउन, हात धुन, घर बाहिर खाना नखान र बेसार पानी खान पनि आग्रह गरेका छन् । उनले भने, “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ ।”
कोरोनाले अन्य मुलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरेका छन् । अर्को प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरेका छन् ।लुम्विनी भ्वाइस

फेसबुकबाट तपाईको प्रतिक्रिया