बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार – Nagarikabhiyan : National News

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार

आज बिहिबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजारमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ ।

त्यसतै तेजावी सुन प्रतितोला ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।