सर्वोच्च अदालतको निर्णयपछि रोकियो फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय
२६ चैत्र २०७७, बिहीबार ११:१५
पर्वत । पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय नगर कार्यपालिकाले पुसमा गरेको थियो।
नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले रोक्का गर्न आदेश दिएको हो। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया