प्रदेश सरकार कोभिड १९ प्रति गम्भिर: मन्त्री घिमिरे – Nagarikabhiyan : National News

प्रदेश सरकार कोभिड १९ प्रति गम्भिर: मन्त्री घिमिरे

इनरुवा ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश सरकार कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गम्भिर भएर लागेको बताउनुभएको छ ।

प्रदेश सरकारले कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कुनै पनि कसर बाकी राख्ने बताउनुभएको हो । बुधबार सुनसरी सदरमुकाम इनरुवामा कोभिड १९ कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य जिवन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागेको र जनताको स्वास्थ्य सुरक्षाका लागि कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

मन्त्री घिमिरेले प्रदेशमा सामाजिक विकास मन्त्रालय सिगैं कोरोना विरुद्धको अभियानमा लागेकाले कोही पनि आतिनु नपर्ने तर स्वर्तकता अप्नाउनुपर्ने उल्लेख गर्नुभयो । कोरोनाका बारेमा बसैले थाहा पाएकाले अव नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । कोरोनासंगको लडाईलाई सचेतना र जनचेतना आवश्यक रहेको बताउनुभुयो ।

सबैले सबैलाई कोरोना संक्रमण सार्न सक्ने सम्भावना भएकाले सबैले स्वर्तकता अप्नाउनुपर्ने आवश्यकता बताउनुभयो । वहाँले देशको ७ प्रदेश मध्ये सबै भन्दा अगाडी कोभिड १९ रोकथाम र नियन्त्रणको अभियान रहेकाले सचेतनाको काम समेत सगैं लागएिको बताउनुभयो ।

वहाँले प्रदेश १ मा तीन स्थानमा दैनिक ३०० जनाको कोरोना पिसीआर परिक्षण भईरहेकोले सकांशपदलाई परिक्षणमा कुनै कसर बाकी राख्ने बताउनुभयो । वहाँले सिमिति स्रोत साधनलाई उच्चतम उपयोग गरेर परीक्षणलाई वैज्ञानिक तरिकाले गर्ने र स्याम्पल, कन्ट्याक्ट र प्रत्येक सेल्ट्री गर्ने गरी समूह परीक्षण गर्ने काम समेत सुरु गर्ने बताउनुभयो ।

वहाँले विदेशबाट आएकाहरु र डिउटीमा खटिएका सुरक्षाकर्मीहरूलाई पनि कोराना भाइरस देखिन थालेपछि सुनसरीको धरानको इलाका प्रहरी कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीहरूको ज्वरो मापन गर्न थालिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रम सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा सम्पन्न भएको थियो भने कार्यक्रममा धरानका प्रमुख तिलक राई, दुहवीका प्रमुख वेदनारायण गच्छदार, रामधुनीका प्रमुख जयप्रकाश चौधरी, बराहक्षेत्रका प्रमुख निलम खनाल, कोशीका उपाध्यक्ष अनिता यादव, हरीनगरका अध्यक्ष गफार अंसारी, देवानगञ्जका अध्यक्ष लालीप्रसाद मेहता, वर्जुका अध्यक्ष रघुनन्दन चौधरी सहितका सरोकारबालाहरुको उपस्थिती रहेको कोभिड १९ कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य जिवन कार्यक्रमका संयोजक निर्मल बरालले जानकारी दिनुभयो । बरालका अनुसार प्रदेशका ६ जिल्लामा यस प्रकारको कार्यक्रम सम्पन्न गरिएको छ ।