खुल्यो रुरुको आइपीओ
२० चैत्र २०७७, शुक्रबार १२:४२
काठमाडाैं । रुरु जलुविद्युत आयोजनाको आइपीओ आजदेखि खुलेको छ ।
कम्पनीले १२० रुपैयाका दरले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो ।रुरुले ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फण्डका लागि छिट्याएको हो । यसबाट बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १२० का दरले आइपीओ निष्कासन गरेको हो ।
आजदेखि खुलेको आइपीओ चैत्र २४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयसम्म आइपीओ बिक्रि नभएमा बैशाख ३ गतेसम्म बिक्रि खुल्ला हुनेछ । आइपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया