वडा नं. ४ का अध्यक्ष सिंहले गरे जेष्ठ नागरिकलाई सम्मान
२० चैत्र २०७७, शुक्रबार १२:३१
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका जेष्ठ नागरिकलाई वडा अध्यक्षले सम्मान गर्नुभएको छ ।

जनकपुरधाम वार्ड नम्बर ४ का वडा अध्यक्ष सुदर्शन सिंहले वडा भित्रका चार जना जेष्ठ नागरिकलाई छाता, स्यानिटाइजर , टर्च , शल (चादर) , लट्ठी लगायतका सामग्री उपलब्ध गराएर सम्मान गर्नुभएका छन् ।

वडा अध्यक्षले भने, हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले जेष्ठ नागरिक प्रति कर्तव्य पालना गर्न सिकाएको छ । जेष्ठ नागरिक बोझ होइनन् समाजका गहना हुन् भन्ने परम्परा पनि विश्वमा रही आएको छ । अध्यक्ष सिंहले जेष्ठ नागरिकलाई सम्मान गर्दै भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया