सुकुम्वासीलाई उठिबास बनाएको गुुनासो
१९ चैत्र २०७७, बिहीबार २१:०५
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका वार्ड नं.२ साविक रामनगर भुटाहा ५ मा एक सुकुम्वासीलाई उठिबास बनाएको गुनासो वाहिरिएको छ । स्थानीय फिराज सिद्धिकीले आफुलाई उठिवास लगाउने गरि घरमा क्षति गरेको गुनासो गर्नुभएको छ ।
आफुलाई हरिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हाजी युनुस मियाँ र १ न प्रदेश सभा सदस्य ताहिर अन्सारीको छोरा सलामुद्दीन अन्सारीले जग्गा दलालहरु सँग मिलेर ४० बर्ष देखि बस्दै आएको भएपनि उठिवास लगाउने गरि घरमा क्षति गरेको गुनासो गर्नुभयो । आफु सुकुम्बासी भएकाले चार दशकपछि केहीमाफीया र दलालले घर भत्काइदिएको पीडित फिरोज आलम सिद्दिकीले आरोप लगाउनुभएको छ । पीडित सिद्धिकीका अनुसार वडा अध्यक्ष मियाँले जग्गा दलालहरुसँग मिलेर २०३६ सालदेखि बसोबास गर्दै आएकोमा षडयन्त्र गरेर विस्थापीत गर्न खोजिएको छ ।
सुकुम्बासीहरुको घर भत्काउने र उनीहरुलाई बिस्थापीत गर्ने षडयन्त्र गरेको आरोप समेत पीडितले लगाएको छ । आफु सुतेको बेला चैत्र १७ गते बिहान अचानक एक हुल आएर घर भत्काई दिएको गुनासो पत्रकार समक्ष गरेका छन ।
सलामुद्दीन अन्सारीले जग्गा खाली नगरे पछि ज्यान मार्ने समेत धम्की दिएको पीडित फिरोज आलम सिद्दिकीको भनाइ छ । उता पीडकहरुले भने पटक पटक अतिक्रमण गरि वनाएको घर नअटाए पछि आफनो जग्गा मात्र खाली गर्न खाजेको पतिक्रिया दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया