नेप्से १२.८८ अंकले बढ्यो – Nagarikabhiyan : National News

नेप्से १२.८८ अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.८८ अंकको वृद्धि देखिएको छ। हिजो बुधबार नेप्से ४३.३६ अंकले बढेर दुई हजार छ सय १९ दशमलब ०३ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से १२.८८ अंकले बढेर दुई हजार छ सय ३१ दशमलब ९० विन्दुमा पुगेको छ भने आज ७ अर्ब २५ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्य सबै समूह बढेका छन् । आज ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।