ट्याक्टरमा च्यापेर एक बालकको मृत्यु
१९ चैत्र २०७७, बिहीबार १३:५१
काठमाडौं । बुधबार साँझ कैलालीमा ट्याक्टरले च्यापेर एक बालकको मृत्यु भएको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका-९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया