बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता, जोगियो पद – Nagarikabhiyan : National News

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता, जोगियो पद

जनकपुरधाम ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । प्रस्तावमा हस्ताक्षर गरेका झलनाथ खनाल–माधव नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

सो पक्षका २२ जना सांसदले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानका‍री दिए । यसअघि सो समूहका २२ र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।