चट्याङ लागेर एक महिलाको मृत्यु – Nagarikabhiyan : National News

चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गा । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

मंगलबार बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।