पूर्व सभासद मेहता लाई अपशब्द कुरा भने कुन्दन मेहताले मागे माफी – Nagarikabhiyan : National News

पूर्व सभासद मेहता लाई अपशब्द कुरा भने कुन्दन मेहताले मागे माफी

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ३ मा भएको झगडा मिलाउने पूर्व सभासद मुङ्गालाल मेहता लाई झगडिया पक्षका कुन्दन मेहताले अपशब्द प्रयोग गरेका छन् । फोन मा गरिएको कुराकानि समाजिक संजालमा आए पछि यो कुरा बहिरिएको हो ।

फोनमा गरिएको कुराकानि समाजिक संजालमा भाइरल गरेर आफनो बेज्ती गरेको पूर्व सभासद मुङ्गालाल मेहताले बताउनु भयो ।

सभासद मेहताले नागरिक अभियान संग कुरा गर्दै भनु भयो, मेरो नाम जोडेर म लाई बदनाम गरियो यो संरासर गलत हो । मैले आज सम्म गाउँमा कसैको कसै संग झै–झगडा नहोस भने मेरो चाहना छ । तर पनि गाउँका केही उचरिंख्ल व्यत्तिहरुको कारणले समाज बदनाम भएको बताए । मेरो पहलमा नै झगडाको मेलमिलाप भएको र उल्टै मलाई नै बदनाम गरेकोमा आक्ररोस समेत व्यत गर्नु भयो ।

यता अपशब्द कुरा गरेको कुन्दन मेहताले आफनो गलति भएको भनेर सभासद मेहता संग माफि मागेका छन् । आइन्दा यस्तो गलति नगर्ने भन्दै माफि मागेका छन् ।

सभासद मेहताले आइन्दा यस्तो गलति गरे आफु चुपलागेर नबसने बताउनु भयो । समाजका यस्ता फटाहारुले गर्दा समाजमा नराम्रो असर परेको  बताउनु भयो ।

यस बिषयमा बुझनलाई कुन्दन मेहता सम्मर्पक गर्न खोज्दा सम्मर्पक हुनसकेन !