स्थानीय तहले साल्ट ट्रेडिङसँग किने ११ लाख किलो खाद्यन्न
६ जेष्ठ २०७७, मंगलवार १८:०६
काठमाडौं । सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले राहत वितरणका लागि पालिकाहरुलाई झण्डै ११ लाख किलो खाद्यन्न बिक्री गरेको छ ।
लकडाउनको ५५ औं दिनसम्म दश लाख ८० हजार ६४६ किलो खाद्यन्न बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । यस अवधिमा ७८ हजार २१३ किलो नून, ५३ हजार ८८६ लिटर तेल, ६ लाख ८८ हजार ९८० किलो चामल र एक लाख ९ हजार ९ सय ५५ किलो दाल बिक्री भएको जनाइएको छ ।
यस्तै ६८ हजार ती नसय ७० किलो चिउरा, १७ हजार ४ सय किलो चिनी, ४ सय ब्याग पिठो तथा ६३ हजार गोटा साबुन स्थानीय तहहरुले राहातका लागि साल्ट ट्रेडिङसँग खरिद गरेका छन् ।
यस्तै एक सय किलो चिया र पाँच सय ५० किलो मस्यौरा पनि स्थानीय तहहरुले राहतका लागि किनेका छन् । लकडाउन अवधिमा मोबाइल भ्यान तथा बिभिन्न आउटलेटमार्फत खाद्यन्न बिक्री गरेको पनि कम्पनीले जनाएको छ ।
अब दुई हजार दुई सय ७२ मेट्रिकटन चिनी तथा एक लाख ३५ हजार ९ सय ११ मेट्रिकटन नून केन्द्रीय भण्डारणमा बाँकी छ । अनलाइनखबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया