स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामग्री बितरण
६ जेष्ठ २०७७, मंगलवार १७:५६
राजविराज । कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट जोगिन तथा रोकथाम गर्न सप्तरीको दुई वटा सरकारी अस्पतालसहित ३६ वटा स्वास्थ्य संस्थालाई आज विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएका छन ।
सेभ द सप्तरीको समन्वय तथा सेभ द चिल्ड्रेनले कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट स्वासथ्यकर्मींहरुलाई सुरक्षा अपनाउनका लागि राजविराजको गजेन्द्र नारायण सिँह अस्पताल लगायतका जिल्लाको ३६ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य समाग्री प्रदान गरिएको सेभ द सप्तरीका स्वास्थ्य बिभागका फिल्ड ओफिसर बिष्णुकान्त देवले जानकारी दिनुभयो ।
गजेन्द्रनारायण अस्पताल र जिल्लाको पुर्वी भेगमा पर्ने हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ मा रहेको भारदह अस्पतालका लागि २० थान पिपिई,२० जोडी सर्जिकल गोलोप्स,१० पिस माक्स प्रदान गरिएको सेभ द चिल्ड्रेनले जनाएको छ । कोभिड १९ (कोरोना भाइरस)को संक्रमणमा खटिएको स्वास्थ्यकर्मीहरुको लागि यो स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
यस्तै जिल्लाको बिभिन्न स्वास्थ्य संस्थाहरुलाई ५ पिसका दरले पिपिई , १० जोडीका दरले सर्जिकल गोलोप्स, ५ पिसका दरले मास्क सेभ द चिल्डे«नको कार्यक्रम संयोजक अरुण कुमार महतोले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभयो ।
त्यस्तै भारतसंग सिमानाका जोडिएका सप्तरीको दक्षिणी भेगका छिन्नमस्ता गाउँपालिका,तिलाठी कोइलाडी गाउँपालिका ,बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
ति गाउँपालिका र नगरपालिकालाई समेत ५ पिसका दरले पिपिई , १० जोडीका दरले सर्जिकल गोलोप्स, ५ पिसका दरले मास्क प्रदान गरिएको छ ।
सेभ द चिल्डे«नको बरिष्ट कार्यक्रम संयोजक अरुण कुमार महतोले गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सेभ द सप्तरीका समुन्नति कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले जानकारी दिनुभयो । करिब रु दश लाख मुल्य बराबरको उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको जनाइएको छ ।
स्वास्थ्य समाग्री बितरण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका बिपत ब्यवस्थापन्न समितिका संयोजक राजेश झा,स्वास्थ्य संयोजक शेलेश मिश्र,राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन थापा, स्वास्थ्य शाखाका निरजन यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल, सेभ द चिल्ड्रेनका अर्जुन मोकत्तान, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी,फिल्ड ओफिसर बिष्णुकान्त देव,सुपरभाइजर मनिता घिमेरै लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया