लागु औषध सहित एक पक्राउ – Nagarikabhiyan : National News

लागु औषध सहित एक पक्राउ

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रबाट लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको मातहतमा रहेको इलाका प्रहरी कार्यालय हरिनगराले चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध सहित सुनसरीको देवानगञ्ज गाउँपालिका वडा न.७ का भोला भन्ने नरेश कुमार यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट नुफिन ५८० एम्पुल, डाइजाल्याब ५६० एम्पुल, फेनारगन ५६० गरि कुल १७०० एम्पुल इन्जेक्सन बरामद गरिएको हो ।

यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु औषधमा मुद्दा चलाउने भएको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।