गाईलाई करणी गर्दैगर्दा एक जनालाई रंगेहात पक्राउ
६ जेष्ठ २०७७, मंगलवार १७:२५
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका १४ विजयपुरको गणेश चौकको स्थानीयको गाई गोठमा गाईलाई करणी गर्दैगर्दा एक जनालाई रंगेहात स्थानीयले नाङ्गै पक्राउ गरेका छन् ।
धरान १४ मै घर भएका एक जना आधाबैसे पुरुष नाङ्गै अवस्थामा गणेश चौकको वासुदेव भट्टराईको गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा सोमबार राति साढे ८ बजे तिर स्थानीयले फेला पारेका थिए ।
स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । ती पुरुषले पटक पटक गाईलाई करणी गर्दै आएको स्थानीयवासीले आरोप लगाएका छन् । गाई गोठमा गाईलाई करणी गरिरहेको अवस्थामा स्थानीयले भेटेपछि उनलाई पक्राउ गरिएको हो ।
उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उनको नाम भने खुलेको छैन । उनी भुतपुर्व प्रहरी पनि रहेको बताईएको छ ।
धरान १४ को नयाँ टोल निवासी उनी मानसिक रोगी भएको उनका आफन्तले बताएका छन् । बिहानै देखि घरबाट निस्किएका उनी सोमवार राति यो अवस्थामा फेला परेको उहाँका आफन्तले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया