नेपाल र बाङ्लादेश बीच नयाँ हवाई सेवा सञ्चालन हुने – Nagarikabhiyan : National News

नेपाल र बाङ्लादेश बीच नयाँ हवाई सेवा सञ्चालन हुने

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता गरेको बाङ्लादेश भ्रमणको क्रममा दुई देश बीचको विशेष छलफलमा बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको थियो ।

नेपाल र बाङ्लादेश आउन र जान २० मिनेटभित्र  हवाई सेवा सञ्चालन  हुन कार्यान्वयनको औपचारिक प्रस्ताव बाङ्लादेश सरकारसमक्ष प्रस्तुत भएको छ ।

दुई देशलाई जोड्ने सैयदपुर-विराटनगर हवाई सेवा सञ्चालन तत्कालै अघि बढाउनेबारे बीच काठमाण्डू जोड्ने सिधा उडान सञ्चालित छ, जसबाट बर्सेनि लगभग ३० हजार बाङ्लादेशी नागरिकहरू नेपालको भ्रमणमा आउने गरेको बताइन्छ ।

नेपालमा नयाँ हवाई मार्ग सञ्चालनमा आए त्यसले दुई देशबीचको सम्पर्क सञ्जाललाई विस्तार गर्ने र थप पर्यटक नेपाल आउन सकिन्छ । राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण सम्पन्न भएपछि मङ्गलवार बाङ्लादेशको परराष्ट्रमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ हवाई मार्गको चर्चा गरिएको हो । उक्त विज्ञप्तिमा नेपालले बाङ्लादेशको सैयदपुर विमानस्थलबाट पूर्वी नेपालको विराटनगर वा भद्रपुर विमानस्थलमा सिधा उडान सुरु गर्न इच्छा राखेको र त्यसलाई बाङ्लादेशले स्वागत गरेको भनिएको छ।

 

बाङ्लादेश सरकारले अहिले सैयदपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विस्तार गर्दैछ । हाल ढाकाबाट विमान बाङ्लादेश र काठमाण्डूबाट हिमालय एअरलाइन्सले नेपाल बाङ्लादेश सिधा उडान गरिरहेका छन् ।