माधव समूहको सबै संगठनमा विद्यार्थीको समानान्तर कमिटी
११ चैत्र २०७७, बुधबार १२:१८
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि सबै संगठनमा समानान्तर कमिटी बनाएको छ ।
समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुलि , सहअध्यक्ष ओसिम आलम , महासचिव आरती लामा र सचिव राजकिशोर यादव चयन भएका छन् । हिजो मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनाएको हो ।
दीपेश प्रसाईलाई कोषध्यक्ष बनाएको समानान्तर कमिटीको आठ जना उपाध्यक्ष तथा ३७ जना सचिव रहेका छन्। माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया