चीनबाट फर्केका एमबिबिएस विद्यार्थी आन्दोलित – Nagarikabhiyan : National News

चीनबाट फर्केका एमबिबिएस विद्यार्थी आन्दोलित

काठमाडौं । गत वर्ष कोरोनाका कारण चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीहरु नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

उनीहरुले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् ।

विद्यार्थीहरुले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

सन् २०१४को ब्याचमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको गतवर्ष इन्टर्नसिप रहेको र तीन महिनादेखि दश महिनासम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरुको भनाइ छ । पढाई पूरा गरेर काम सुरुगर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको पनि विद्यार्थीहरुले बताएका छन् ।