नेपालमा सूचनाको हकको दुरुपयोग भयो : सञ्चार मन्त्री गुरुङ
९ चैत्र २०७७, सोमबार १९:५३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सुचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरीएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् । सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले समाजमा सुचना प्रवाह हुन नसकेको पनि उनको भनाई छ । सूचनाको हकको प्रयोगको नाममा समाजमा विकृति, बिसंगति तथा अराजकता ल्याउने र ठगि गर्ने गरिएको भन्दै यस्तो परिस्थितिको अन्तय गरिनुपर्ने उनले बताए ।
समाजमा जहिल्यै विकृति ल्याउने, बिसंगति ल्याउने, समाजमा अराजकता ल्याउने अनि ठगि गर्ने । सुचनाको दुरुपयोग गरेर व्यक्तिहरुलाई आर्थिक लेनदेनको बार्गेनिङ गर्ने यो परिस्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’
मन्त्री गुरुङले सञ्चारकर्मीहरुले पनि सकारात्मक सूचना दिनेभन्दापनि समाजलाई अप्रिय घटना घटाउने खालका सूचना दिने र व्यक्तिको सूचनालाई मानव अधिकारविपरित प्रयोग गर्ने गरेकाले त्यसलाई पनि अन्त्य गर्नुपर्ने उनको भनाई छ ।
उनले भने – ‘कतिपय सञ्चारकर्मीहरुको पनि त्यही पेशाहरु हामी देखिरहेका छौँ । सञ्चारकर्मीहरुले पनि असल सुचना दिने, सकारात्मक सुचना दिने, समाजलाई रुपान्तर गर्ने काममा होइन । समाजलाई त्रसित बनाउने, समाजलाई अप्रिय घटना घटाउनको निम्ति सुचना दिने र कोही व्यक्तिको सुचनालाई, सुचनाको हकलाई पनि मानव अधिकार बिरोधीको रुपमा पनि प्रयोगहरु भएको छ ।
मन्त्री गुरुङले सुचनाको हकको गलत प्रयोगप्रति राष्ट्रिय सुचना आयोग सचेत रहनुपर्ने बताए । समाजलाई उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउन आयोगको भुमिका हुनुपर्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया