सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई यसरी विप्लवको आग्रह – Nagarikabhiyan : National News

सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई यसरी विप्लवको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” ले आग्रह गरेका छन् ।

फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन् ।

उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिए। उनले भने, ‘आज महासचिव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएको थियो। भेटमा महासचिवले सरकारसँग भएका सहमति कार्यान्यनका लागि जोड दिनुभएको छ ।

ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ ।