चोरको अनौठो घटना, चोर्न जाँदा रेलिङमा टाउको फसे
८ चैत्र २०७७, आईतवार १४:५३
काठमाडौं । मेक्सिकोमा एउटा घरमा चोर्न गएको चोर भित्र जाँदै गर्दा उसको शिर रेलिङमा फसेको थियो ।
रेलिङबाट निस्कनका लागि चोर तीन घन्टासम्म रेलिङमै अड्किएको थियो । धेरै बेर कोशिश गरेको भए पनि बाहिर निस्कन सकेन । वरपरका मानिसले उसको गतिविधि देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले फलाम काट्ने औजार ल्याएर रेलिङ काटेको थियो ।
उसको एक हात र टाउको रेलिङमा नराम्ररी फसेको थियो । शरीर तुर्लुंग झुण्डिएको थियो । प्रहरीले रेलिङबाट निकालेर चोरलाई हत्कडी लगाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया