मोदीको बंगलादेश भ्रमण, राजधानीका नागरिक तथा विद्यार्थीद्वारा विरोध प्रदर्शन
८ चैत्र २०७७, आईतवार १४:४०
बीबीसी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमण गरेको छ । भ्रमण भए यता राजधानी ढाकामा यहाँका नागरिक तथा विद्यार्थीले विरोध र्याली प्रदर्शन गरेका हुन् ।
राजधानी ढाकामा करिब ५०० नागरिकहरुले मार्चपास गरे सहित विश्वविद्यालय बाहिर करिब २०० विद्यर्थीले प्रदर्शन गरेका हुन् । प्रार्थनापछि मोदीविरोधी नारा लगाएका उनीहरु कुनै पनि संगठनमा आबद्ध नरहेको जनाइएको छ ।
विरोध प्रदर्शनपछि बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै प्रदर्शनका विषयमा चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
नौ महिनाको हिंसात्मक विद्रोहपछि इस्वी संवत् १९७१ मार्च २६ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसका अवसरमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा मोदीको भ्रमण तय भए पनि त्यसको विरोध भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया