जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च लिन अस्विकार – Nagarikabhiyan : National News

जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च लिन अस्विकार

काठमाडौ । सरकारले उपचारका लागि पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई दिने भनेको १० बराबरको रकम जोशीको परिवारले अस्वीकार गरेको छ ।

ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। तर जोशीको परिवारले रकम नलिने निर्णय गरेको हो ।

जोशीको स्वकीय सचिव पाण्डका अनुसार सम्मानका लागि धन्यवाद दिँदै परिवारले त्यो रकम वीर अस्पतालमा उपचार गराईरहेका विपन्न परिवारका सदस्यलाई दिन भनेको छ ।

जोशीको स्वास्थ्यमा अहिले पनि सुधार भएको छैन् । पाण्डका अनुसार उनको स्वास्थ्य अवस्था त जटिल नै छ ।