होशियार! नेपालमा हिट्लरको उदय हुँदै:भट्टराई – Nagarikabhiyan : National News

होशियार! नेपालमा हिट्लरको उदय हुँदै:भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि हुकुम चलाउँन लागेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख् गर्दै भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत बताएका हुन् ।

उनले ट्विटमार्फट भनेका छन्,’हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनकक किनकि म यहुदी थिइनककस‘अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउककदैछ! होशियार ।’