स्वतन्त्र युवाहरूको समूहले काठमाडौंमा ग्लोबल क्लाइमेट मार्च – Nagarikabhiyan : National News

स्वतन्त्र युवाहरूको समूहले काठमाडौंमा ग्लोबल क्लाइमेट मार्च

काठमाडौं । वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषणका कारण विभिन्न घातक रोगहरू हुने गरेकोले यसलाई न्यून पार्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार काठमाडौंमा ग्लोबल क्लाइमेट मार्च आयोजना गरिएको छ ।

जलवायु प्रदूषणको असरले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरूसमेत निम्त्याउने गरेको कारण यो कार्यक्रम गरिएको हो । वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषण आदिले अझ पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान नसकिरहेको अवस्थामा छन् ।

वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले मानव अस्तित्व नै संकटमा परिरहेको भन्दै स्वतन्त्र युवाहरूको समूहले हातमा वातारण संरक्षणका भावहरु झल्कने विभिन्न सचेतनामुलक नारा तथा तस्बिर भएका प्लेकार्डहरु बोकेर नयाँ वानेश्वरदेखि बबरमहलसम्म मार्चपास गरेका हुन् ।