प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । एमाले नेता विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको छ । भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ ।’ भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिएका छन् ।