जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प – Nagarikabhiyan : National News

जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प

सिन्ह्वा 

काठमाडौं ।   जापानको टोकियो फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५.२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।