कपिलवस्तुमा युवा जागरूक अभियानको नगर स्तरीय कमिटि गठन – Nagarikabhiyan : National News

कपिलवस्तुमा युवा जागरूक अभियानको नगर स्तरीय कमिटि गठन

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा युवा जागरूक अभियानको नगर स्तरीय कमिटि गठन भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा आयोजीत युवाहरुको भेलाले  नगर स्तरीय कमिटि गठनमा १ सय ११ सदस्यीय गरी अध्यक्षमा नसीम अहमद, उपाध्यक्षमा राजमती थारु, अमन खान, सचिवमा चन्द्र प्रकाश पासी, सहसचिवमा जिसान मियाँ,कोषाध्यक्षमा सन्दिप थारु,सह कोषाध्यक्षमा कन्हैया लाल यादव चयन भएका हुन् ।

कपिलवस्तुका युवा नेता,समाजसेवी तथा युवा जागरुक अभियान का जिल्ला संयोजक रहीश शाहको उपस्थितिमा युवा जागरूक अभियान शिवराज नगर समिति गठन भएको छ ।

 

युवा जागरूक अभियानले बेरोजगार युवालाई रोजगारीको व्यस्था, मजदुरहरुको हकअधिकारको पक्षमा वकालत गर्ने युवा जागरूक का जिल्ला संयोजक रहिश शाहले जानकारी दिनुभयो ।

समाजमा रहेका कुरती, दाइजो प्रथाको अन्त्य, बाल विवाह, किशोरीहरुलाई शिक्षा, स्वास्थ्य र किसानको पक्षमा युवा जागरूक अभियानले कार्य गर्ने नगर अध्यक्ष नसीम अहमदले बताउनु भयो ।

उक्त समितिमा कपिलवस्तुका युवा समाजको अयोजनामा भएको कार्यक्रममा जसपा का नेता तथा प्रदेश प्रवक्ता अकरम पठान,जसपा का जिल्ला उपाध्यक्ष राम नेवास पुरी ,जसपा का युवा नेता मेनाज खान,सफिक अहमद शाह,आनन्द यादव लगायतले युवाहरुको हक अधिकारको बारेमा बोल्नु भएको थियो ।