चीनको बेइजिङमा आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता
२ चैत्र २०७७, सोमबार १६:४८
काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सय ४१ जना बेपत्ता भएका छन् ।
आज सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो । चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले सोमवार बिहान येल्लो अलर्ट घोषणा गरेको छ ।
बेइजिङमा मानिसहरु हावाबाट बच्नका लागि कालो चश्मा, मास्क लगाएका छन् । घुलोका कारण पूरा शहर नै पहेंलपुर भएको छ ।आँधीबेहरीका कारण स्थानीय सरकारले श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया