एक नर्समा कोरोना सङ्क्रमण भेटिएपछि धनकुटा बजार क्षेत्र ‘सिल’
५ जेष्ठ २०७७, सोमबार ११:५०
धनकुटा । जिल्ला अस्पताल धनकुटामा कार्यरत एक नर्समा कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएपछि अस्पताल आसपाससहित बजार क्षेत्रलाई सिल गरिएको छ ।
आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अस्पताल आसपाससहित बजार क्षेत्रलाई सिल गर्ने निर्णय भएको हो।
धनकुटा नगरपालिका –७ को भेटेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र देखि, वसपार्क, वसपार्क देखि जिरो प्वाइन्ट, जिरो प्वाइन्ट देखि परिचय मोड, परिचय मोड देखि यलम्वर चोक, यलम्वर चोक देखि सिनेमा हल, सिनेमा हल देखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको हो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया