लकडाउन उल्लंघन गर्ने ३ सय ७ सवारी कारबाहीमा
५ जेष्ठ २०७७, सोमबार ११:३८
काठमाडौं। लकडाउन उल्लंघन गर्ने ३ सय ७ वटा सवारी साधनहरु कारबाहीमा परेका छन् ।
महानगरिय ट्राफिक प्रहरी महााखाका अनुसार सोमबार १० बजेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने ३ सय ७ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको हो ।
१३ वटा चार पाङग्रे र २ सय ९४ दुई पाङग्रे सवारी कारबाहीमा परेका हुन् । अति आवश्यक काममा बाहेक सवारी साधहरूको प्रयोग नर्गन महाशाखाले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया