धनुषामा टिपरले टेम्पूलाई ठक्कर दिए, टेम्पु चालकको मृत्यु
२९ फाल्गुन २०७७, शनिबार २२:०३
काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ बडहरी बजार नजिक एक टिपरले टेम्पुलाई ठक्कर दिँदा घटनास्थलमै टेम्पु चालकको मृत्यु भएको हो ।
ना ८ ख ७२२२ नम्बर का टिपर शनिबार साँझ ६ बजे बर्दिबासबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २०३००१ स ५४७५ नम्बरको टेम्पुलाई पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको हो ।
मृतक टेम्पु चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ बस्ने विर बहादुर तामाङ्ग रहेको छ । ठक्कर दिइएको टिपर र मृतकको टेम्पु इलाका प्रहरीको नियन्त्रणमा छन ।
मृतक चाकलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया