ज-स-पा-ले किन संसदीय दलको नेता चयन गर्न सकेन ? – Nagarikabhiyan : National News

ज-स-पा-ले किन संसदीय दलको नेता चयन गर्न सकेन ?

काठमाडौं ।  आज शुक्रबार बसेको जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण दलको नेता चयन गर्न सकेनन् ।

जसपा नेपालले नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको भएपनि अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई यी चार शिर्ष नेताले संसदीय दलको नेताका लागि आकांक्षी छन् ।

जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिने भएको छ । भने सो पार्टीका बैठक पछि नेता राजकिशोर यादवले विगतदेखि नै आफ्नो दललाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेको बताउँदै अब नेतृत्व गर्न तयार रहेको बताए ।

 

केपी ओली नेतृत्वको सरकारमा जान महन्थ ठाकुर समूहले खोजिरहेको बताइन्छ । तरजसपामा ओली सरकारमा जाने वा कसरी अघि बढ्ने भन्नेमा विवाद रहँदै आएको छ । जसको कारणले विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ । प्रतिगमनकारीसँग सहकार्य हुनै नसक्ने र गर्न नहुने जसपाका नेताले दाबी दोहर्याउँदै आएका छन् । उनले नेपालमा मधेशवादी पार्टी जहिले पनि अरुको सत्ताको भर्‍याङ बन्ने गरेको ‘पर्सेप्सन’ रहने गरेको भन्दै अब आफूहरु कसैका लागि भर्‍याङ नबन्ने बताए ।