जसपाका शीर्ष नेतालाई ओलीले बोलाए बालुवाटार
२७ फाल्गुन २०७७, बिहीबार १६:०६
काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई अपराह्न ५ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने बताइएको छ ।
जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ । यसअघि पनि जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका छन् । जसपा नेताहरुले आफ्नो माग पूरा नभएसम्म सरकारमा नजाने बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया