एमालेभित्रै केपी ओलीलाई ठीक पार्न माधव नेपाल पक्षको यस्तो निर्णय ! – Nagarikabhiyan : National News

एमालेभित्रै केपी ओलीलाई ठीक पार्न माधव नेपाल पक्षको यस्तो निर्णय !

काठमाडौं ।   नेकपा एमालेभित्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठीक पार्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

यसअघि नेकपा हुँदा नेपाल पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष गर्दै आएको थियो । सर्वाेच्च अदालतले नेकपा विवादको फैसला सुनाउँदै एमाले र माओवादी केन्द्र ब्यूताएपछि अब नेपाल पक्ष एमालेभित्रै ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।

नेकपा एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्न तयारीमा रहेको बुधबार भएको नेपाल पक्षका केन्द्रीय कमिटीको भेलाले बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

पूर्व माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष पद विधिसंगत रूपमा दिनुपर्ने एजेन्डा समेत नेपाल पक्षले उठाउने भएको छ । बुधवार भएको भेलामा नेपाल पक्षका ६० जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छन् ।

भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यले एमाले विघटन आफूहरुले नभई अध्यक्ष केपी शर्मा ओलीले गरेकाले डराउनु नपर्ने धारणा समेत राखेका छन् ।

एमाले पार्टी कमिटीमा पनि कमजोर नभएका कारण केपी ओलीका खराब प्रवृत्तिविरुद्ध पार्टीमै रहेर संघर्ष गर्न सकिने समेत नेपाल पक्षको निष्कर्ष रहेको छ । नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको भेलामा नेताहरुले धारणा राखेका थिए । मिडिया डबलीबाट