लौकही उवसंघको पदभारग्रहण कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

लौकही उवसंघको पदभारग्रहण कार्यक्रम सम्पन्न

इनरुवा । सुनसरीको कोशी गाउँपालिका भरीका उद्योगी तथा व्यवसायीहरुको पेशागत संस्था लौकही उधोग वाण्ज्यि संघका नवनिर्वाचित अध्यक्ष विशेश्वर प्रसाद गुप्ता सहित कार्यसमितिले पदभारग्रहण गरेको छ ।

उधोग वाण्ज्यि संघ लौकहीको अध्यक्षमा निर्वाचित गुप्ता सहित उपाध्यक्ष चन्दनकुमार यादव, सचिव रोशनी कुमारी मेहता(यादव), कोषाध्यक्ष विनोद कुमार यादव समेतले पदभारग्रहण गर्नुभएको हो । त्यसैगरी सदस्यहरु अर्जुन मेहता, दिलिप झा, दानालाल यादव, लक्ष्मीनारायण साह, प्रमोद साह, राजीन प्रसाद गुप्ता र नारायण साहले समेत बुधबार विजयी प्रमाण पत्र सहित पदभारग्रहण गरेका हुन । साधारण सभा भएको दिन अध्यक्ष र सचिव पदमा सहमति हुन नसकेपछि सोमवार निर्वाचन भएएको थियो भने बाकी निरविरोध निर्वाचित भएका थिए । पदभारग्राह कार्यक्रममा निर्वाचन समितिका संयोजक गिरीराज अटलले आफ्नै भवन निर्माणका लागि नयाँ समितिलाई सुझाव दिनुभयो । वहाँले लौकही उद्योग वाणिज्य संघमा आवद्ध रहेका व्यापारीहरुको हक अधिकारका लागि सबैलाई निस्वार्थ भावनाले काम गर्न सुझाव पनि दिनुभयो ।