चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैडा मृत फेला
२५ फाल्गुन २०७७, मंगलवार १४:२२
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला परेका छ्न । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैंडा मरेको हो।
अधिकारीका अनुसार सो गैडाको खाग खुर लगायत समान सुरक्षित रहेको छ । योसहित यस चालू वर्ष चितव राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।
त्यस्तै निकुन्जको सौराहा सेक्टरमा पर्ने कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा करिब अन्द्जी चार वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्ष मृत्यु भएको यो पहिलो बाघ हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया