प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान
२५ फाल्गुन २०७७, मंगलवार ११:१५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमवार (हिजो) बैठक बसेको थिएन । नियमित कार्यसूची अनुसार सोमवार बैठक बस्न नसकेपछि आजको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजको बैठकमा नियमित कार्यसूचीका बारेमा छलफल हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया