प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको बैठक आव्हान
२३ फाल्गुन २०७७, आईतवार १७:४२
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
ओली निकट नेता सुवासचन्द्र नेम्वाङले संसदीय दलको बैठक बोलाइएको र सबै सांसदलाई बैठकमा उपस्थित हुन निम्तो गरिएको स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, एमाले र माओवादी छुट्टाछुट्टै दलको अस्तित्व रहने फैसला सुनाएको थियो।
त्यसलगत्तै ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका हुन्। ओलीले बोलाएको बैठकमा जाने वा नजाने भन्नेबारे पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका सांसद अलमलमा देखिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया