प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए
२३ फाल्गुन २०७७, आईतवार १७:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र सर्वोच्च अदालतले पुन:स्थापित गरेपछि पहिलोपटक संसद् बैठक बस्न लागेको हो। ओलीले गरेको संसद् विघटन सर्वोच्चले बदर गरेपछि आज बैठक बस्दैछ।
बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, सरकारले ल्याएको विभिन्न अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ। ४ बजेको लागि बोलाइएको बैठक ५ बज्दासमेत सुरु हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया