नेकपाको आधिकारितामा सर्वोच्चको फैसलाबारे प्रचण्डले भने, ‘अहिले बोल्न मिल्दैन’
२३ फाल्गुन २०७७, आईतवार १५:४३
काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेकपालाई सर्वोच्च अदालतले आधिकारिता दिने फैसला गरेको विषयमा तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल केही नबोल्ने बताएका छन् ।
सिंहदरवारस्थित संसद सचिवालयमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘नयाँ प्रक्रिया हो, फैसला भइसकेको छ । अहिले बोल्न मिल्दैन ।’
सर्वोच्च अदालतले नेकपा कसको भन्ने विवादमा पहिला नै दर्ता भइसकेको भन्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिता दिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज भएका छन् ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरेपछि सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिए । त्यसपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा ९नेकपा० थपेका थिए ।
कट्टेलको माग बमोजिम निर्वाचन आयोगले ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिता दिएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको हो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरेपछि सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिए । त्यसपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेका थिए ।
कट्टेलको माग बमोजिम निर्वाचन आयोगले ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिता दिएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको हो ।नागरिक खबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया