दोस्रो चरणको कोरोना खोप आजदेखि : १६ लाख जेष्ठ नागरिकलाई लगाउने तयारी
२३ फाल्गुन २०७७, आईतवार ०७:५५
काठमाडौँ । सरकारले आज आइतबारबाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्दैछ । ६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए । उनले देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालबाट खोप लगाइ यो अभियान सुरु गर्नेछन् ।
नेपालमा ६५ वर्षमाथिको संख्या १६ लाख रहेको मन्त्रालयको तथ्यांक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया