स्थानीयले ढुंगामुढा बर्साए बित्तिकै भाषण छोडे अर्थमन्त्री पौडेल
२१ फाल्गुन २०७७, शुक्रबार १८:२३
काठमाडौं । रुपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासपछि भाषण गर्न थालेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगामुढा बर्साए बित्तिकै बिचमै भाषण रोकेर हिंड्न बाध्य हुनुभयो ।
स्थानीयले नाराबाजीसहित ढुंगामुढा सुरु भएपछि अर्थमन्त्री बीचैमा भाषण टुंग्याउनु भएका हुन् । अर्थमन्त्री पौडेलविरुद्ध उत्तेजक नारा लाग्न थालेपछि ओली समूहका कार्यकर्ताले पनि प्रतिकारमा ढुंगा प्रहार गरेका थिए ।
बिहीबारको दिन शिलान्यास कार्यक्रमका लागि स्टेज तयार पारेको स्थानीयले भत्काएका पछि पुनः तयार गरि स्टेज बनाएका थिए । ठूलो संख्यामा परिचालित प्रहरीले दुवै पक्षबाट भएको ढुंगामुढा रोकेर परिस्थितिलाई नियन्त्रणमा लिएका

फेसबुकबाट तपाईको प्रतिक्रिया