नेपाल शान्तिपूर्ण देश भएकोले द्धन्द हुदैन : प्रधानमन्त्री ओली – Nagarikabhiyan : National News

नेपाल शान्तिपूर्ण देश भएकोले द्धन्द हुदैन : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री ओलीले शुक्रaर विप्लव समूहसँगको सहमती पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल अन्तिम किस्ताबाट शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । उनले विप्लवलाई भूमिगत राजनीतिबाट आएकोमा स्वागत गर्दै बधाई समेत दिएका छन् ।

नेपालमा हिंसात्मक द्वन्द नभएको भन्दै जनताले सम्पूर्ण क्षेत्रको शान्ति खोजेकोले नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको बताए । उनले नेपाल शान्तिपूर्ण देश भएकोले   द्धन्द नभएको बताएका छन् ।

केही समय अघि संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको प्यारामिटरमा नेपाल शान्तिपूर्ण देशमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसलाई बढाउन विप्लवले भूमिका खेलेको र शान्तिपूर्ण राजनीतिबाट विप्लवले नेपाली जनताको मन जित्न समेत सफल भएको दाबी गरेका छन् ।

सिके राउतलाई मुलधारमा ल्याएको उदाहरण दिँदै विप्लव समूह र आफूहरुको उदेश्य सुखी नेपाली समृद्ध नेपाल निमार्ण गर्ने रहेकोले  नेपाललाई अब नयाँ दिन मात्रै होइन एउटा युगमा पुर्याउने  बताए।