ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ आजबाट खुल्यो
२१ फाल्गुन २०७७, शुक्रबार १२:१३
काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बिक्रि आज शुक्रबारबाट खुला भएको छ । कम्पनीले सर्वसाधरणको लागि आईपीओ निष्काशन गरेको हो । कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन दिन सकिने ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ ।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी(आइआर बीबी प्लस)’ रेटिङ्ग प्रदान गरेको छ ।
कति जनाले पाउँछन् यो आइपिओः भन्ने बिषयमा आजभोली आपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेको छ ।
ज्योति लाइफको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएकाले १० कित्ताका दरले आवेदकलाई भाग लगाउँनुपर्ने हुन्छ । यस आधारमा पनि आवेदन दिएका सबैलाई यो आइपिओ पर्दैन ।
१० कित्तालाई आधार मान्ने हो भने सर्व साधारणलाई छुट्याइएको सेयर ५ लाख ९४ जनाले हात पार्ने देखिन्छ भने बाँकी आवेदनको हात खाली बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया