तोलामा ९०० ले घट्यो सुनको मूल्य
२१ फाल्गुन २०७७, शुक्रबार ११:४९
काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।
यसैगरी, तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।
तोलामा रु १ हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु १ हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया