ताजमहलमा बम रहेको झुठो सूचना दिने व्यक्ति पक्राउ
२० फाल्गुन २०७७, बिहीबार १७:४१
काठमाडौं । भारतको आगरास्थित रहेको ऐतिहासिक धरोहर ताजमहलमा बम रहेको झुटो सूचना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार ताजमहलभित्र बम राखिएको भन्ने सूचना आएपछि केही समयका लागि बन्द गरिएको थियो । बमको सूचना अज्ञात व्यक्तिले दिएपछि सीआइएसएफ तथा युपी प्रहरी जवानले ताजमहलमा रहेका पर्यटक र मजदूरलाई हत्तार-हतारमा बाहिर निकालेका थिए भने ताजमहलको दुवै ढोका बन्द गरिदिएको थियो ।
विश्व धरोहरमा बमको सूचना आएपछि ताजमहलमा आतंक मच्चिएको थियो । तर त्यहाँ कुनै पनि बम नरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । युपी प्रहरीको हेल्पलाइन ११२ नम्बरमा उक्त फोन आएको र उक्त फोन फिरोजावादबाट रहेको प्रहरी कल सेन्टरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया