इनरुवामा प्रत्येक १० दिनमा राहत वितरणको तयारी – Nagarikabhiyan : National News

इनरुवामा प्रत्येक १० दिनमा राहत वितरणको तयारी

इनरुवा । बिश्वब्यापी महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारणले सुनसरी सदरमुकाम इनरुवा नगरक्षेत्र प्रभावित विपन्न, ज्यालादारी मजदुर र सुकुम्बासीहरुलाई १०।१० दिनमा राहत वितरण गर्ने भएको छ ।

नगरमा दैनिकी ज्याला मजदुरी गर्ने एवं असाहाय नागरिकहरुलाई परेको मर्कालाई मध्यनजर गरि पीडितहरुलाई खाधन्न सामग्री राहतको रुपमा बितरण गर्ने भएको हो ।

राहत वितरण कार्यलाई पारादर्शी र ब्यवस्थीत गर्ने सन्दर्भमा सनिबार नगर प्रमुख राजन मेहताले सरोकारवालासंग गर्नुभएको छलफलका क्रममा यस्तो तयारी गर्ने जानकारी दिनुभयो ।

सनिबार लकडाउनको ५३ नौ दिनमा छलफल गरेर प्रमुख मेहताले आफू मेयरको हेसियतले सम्पुर्ण वडाका नागरिकलाई आफ्नो आफ्नो वडामा राहतको लागि व्यवस्थापन पर्ने बताउनुभयो ।

वहाँले कार्यापालीकाको बैठकबाट विपन्नहरुलाई वडाले नगर वा किराना पसलबाट खाधन्न किन्ने र आफ्नो आफ्नो वडा रहेको बिपन्न र सीमान्तकृत,अपाङ्ग लगायत राहत दिन आग्रह गर्नुभयो ।

सामग्री वडाले किनेपनि भुक्तानी बिल भौचर अनुसार नगरपालिकाले भुक्तानी दिने मेहताले बताउनुभयो । कार्यक्रममा रेडक्रस इनरुवाका अध्यक्ष राम प्रसाद मेहताले वडाअध्यक्षहरुलाई बजारमा खाधन्न दिन आग्रह गर्नुभयो ।

अधिकारकर्मी रमेश भट्टराईले कागजी पाकृया लामो हुने र जनताको घरमा चुलो नबलेकाले त्यसमा छिटो काम गरी राहत दिनुपर्ने बताउनुभयो ।

प्रयाप्त मात्रामा महिना भरी पुग्ने गरि वितरण गर्नुपर्ने बताउनुभयो । गिरिराज अटल, अधिवक्ता हेमराज पोख्रेल लगायतकाले सुझव राखेका थिए ।